स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो।
यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ। बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।
Comments
Leave a comment