व्यावसायिकरूपमा कस्तूरी  मृग पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । 

कस्तूरी पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

अहिले प्रजनन केन्द्रका लागि भवन निर्माणका कामहरु भइरहेका छन् । रु तीन करोड ५० लाखको लगानीमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काम अगाडि बढाएको छ । बारेकोटका अग्ला हिमालमा पाइने कस्तूरीलाई रानीचौरको प्रजनन केन्द्रमा ल्याएर बच्चा उत्पादनको काम हुनेछ ।

Comments

Leave a comment