चितवन, भदौं ९
चितवनमा सोमबार राति थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैंडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । जसमध्य
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकामा मात्रै ९ जना रहेका छन् । जसमध्ये २ जना पुरुस र ७ जना महिला रहेका छन् ।
त्यस्तै पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब सङ्कलन गरिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ | राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु राप्तीको क्वारेन्टिनमा रहेका छन् ।
यसैगरि पुरानो मेडिकल कलेजमा उपचाररत मकवापनुर हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासी गैंडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन् । सोमबार कुल ४०५ वटा नमुनाको परीक्षण गरिएको थियो ।
Comments
Leave a comment