चैत २४ , काठमाडौं ।
स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ |
Comments
Leave a comment