साउन १६ - काठमाडौ
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।
उपचारका क्रममा मृत्यु
वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ :४० बजे निधन भएको डाक्टर निरज सिंहले जानकारी दिए ।
ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए ।
त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।
Comments
Leave a comment