काठमाडौं भाद्र २६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा अहिले स्थायी समिति बैठकमा चलिरहेको छ | वैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्कोै असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा कड्किएका थिए ।
उनले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आएका छन् । उनले यसबारेमा प्रचण्डसँगबिहीबारको भेटमा समेत असन्तुष्टि पोखेका थिए ।
नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्मम ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् ।
Comments
Leave a comment