मंसिर २३ , काठमाडौं । नेपाल आयात हुने आफ्ना उत्पादनहरुमाथि भन्सार विन्दुमै उच्च दरमा कर लगाएको भन्दै भारतले असन्तुष्टि जनाएको छ । सम्बादहीनता तोडिएपछि सुरु भएको नेपाल भारत सम्वादको सिलसिलामा सोमबार व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय संयन्त्रको बैठक बसेको थियो ।

बैठकमा भारतीय पक्षको नेतृत्व गरेका उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले आफूहरुले नेपालबाट भारतमा निर्यात हुने ९९ प्रतिशत वस्तुमा भन्सार तथा कर सुहलियत दिइएको, तर नेपालले भारतबाट निर्यात हुने वस्तुमा उच्च कर लगाएको गुनासो गरे ।

नेपाली जुट र जुटजन्य उत्पादनमा भारतले लगाएको एन्टिडम्पिङ तथा काउन्टर भेलिङ शुल्कको विषय अन्त्य गर्न नेपालले गरेको आग्रह पनि भारतले थप छलफल गर्नुपर्ने बताएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालस्थित भारतीय दूतावासले पनि दुवै देशका अधिकारीहरुबीच व्यापार पूर्वाधार विकास लगायतका विषयमा गहन छलफल भएको बताएको छ ।

Comments

Leave a comment