भारतमा कोरोमा संक्रमण बाट मृत्यु हुनेको सन्ख्या उकालो लाग्दा नेपालमा खतराको घन्त्टी बजेको छ ।भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म भरतमा६८ पुगेको छ। अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा वृद्धि भएको हो। 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ। सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी वृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। 

मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने दुई हजार ६५० रहेको छ। पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन्। 

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ। महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। 

भारतमा यास्तो माहामारिको रुप रोगले लिइरहदा नेपालमा नाका बन्द गरिएता पनि भारतमा रहेका नेपालि चोर बाटो नेपाल प्रबेस गरि राखेको सुन्नेमा आएको छ जसकारण आज मात्र अन्चन्पुर र कैलालिमा थप ३ जना सन्क्रमित भेटिएका छ्न ।

Comments

Leave a comment