माघ १३ 

 नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको छ |

Comments

Leave a comment