माघ १ , काठमाडौं ।

माघे संक्रान्तिका लागि ५२ हजार लिटर घ्यू बिक्री भएको दूग्ध विकास संस्थानले जनाएको छ । कोभिडका कारण खपत न्यून रहेपनि माघीका लागि भने घ्यूको माग बढेको संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

‘पुस महिनामा माघीका लागि भनेर ५२ हजार ८६१ लिटर घ्यू संस्थानले बिक्री गरेको छ जुन गत आवको यस अवधिको तुलनामा झण्डै तीन गुणाले बढी हो,’ झाले भने ।

Comments

Leave a comment