माघ २६   काठमाडौं ।

  आज साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले उकालो लागेको छ ।

नेप्से  परिसूचक आज ३७ दशमलव ४८ अंकलेबढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको हो । हिजो आइतबार नयाँ किर्तिमान कायम राखेको नेप्सेले त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड बनाएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ ।

२०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको हो ।

सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ । यो समूह ३.६५ अंकले बढेको छ । दोस्रो नम्बरमा देखिएको विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ ।

Comments

Leave a comment