भदौ ३०, जनकपुरधाम । सिरहाको लहानमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी लहान नगरपालिका–३ प्रगति टोलस्थित डेरामा मृत फेला परेकी हुन् ।

कोठाको चुकुलभित्रबाट लगाएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

Comments

Leave a comment