माघ १५ ,काठमाडौं ।

सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजकालागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । बुधबार तेजावी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिजोको तुलनामा चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले सस्तो भएको छ । बिहीबार १२ सय ५० रुपैयाँ तोालमा कारोबार भएको चाँदीको आजको भाउ १२ सय ४५ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a comment