माघ ४, काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

Comments

Leave a comment