पुस ८ , काठमाडौँ । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला रु ९०० ले ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन मंगलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा बुधबार भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ ।

Comments

Leave a comment