असोज ६, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 यस्तै तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Comments

Leave a comment