आज मगर समुदायले ४०औँ एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । २०३९ साल फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङघाली परिवार सङघको प्रथम अधिवेशन भएको थियो ।

यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर सङघ र सम्बन्धित सङघ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् । 

मगर सङघ संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङघ स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाल मगर सङघ पूर्वअध्यक्ष झकबहादुर थापाको निधन भएकाले ४०औँ राष्ट्रिय एकता दिवसलाई शोकका रुपमा मनाउन लागेको सङघ जनाएको छ ।
आज  पाल्पामा १० वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । 

Comments

Leave a comment