शुक्रबार २३ माघ, २०७७

कोभिडको महामारी र लकडाउनबाट थला परेको नेपाली अर्थतन्त्र सत्तारुढ दल नेकपाको आन्तरिक कलह र बन्द हड्तालको मारमा परेको छ । सत्तारुढ दलको आपसी खिचातानीबाटको अर्थतन्त्र र दैनिक काम गरी खाने बर्ग मारमा परेका छन् ।

आर्थिक क्षेत्रका जानकारहरुले नेपाल बन्द तथा आम हड्तालबाट दैनिक करीव सांढे २ अर्ब भन्दा बढी नोक्सानी हुने बतउँछन् ।

पटक पटक राजनीतिक अस्थिरता र बन्द हड्ताल खेप्दै आएको नेपालको अर्थतन्त्र र दैनिक ब्यवसाय तथा काम गरी खाने श्रर्मिक मजदुर बर्ग प्रभावित परेको छन ।

सत्तारुढ दल नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको आन्तरिक बिबाद र कलहबाट मुलुकको अर्थतन्त्र र रोजगारी प्रभावित बन्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले केही बर्ष अघि गरेको अध्ययन अनुुसार पनि आमहड्ताल तथा बन्दको कारण दैनिक २ अर्ब भन्दा बढीको नोक्सानी हुने गर्छ । अर्थबिद्हरुले बन्द आमहड्तालबाट दैनिक करीव २ अर्ब ५० करोड बराबरको नोक्सानी हुने गर्छ ।

नेपालको कूल गार्हस्थ उत्पादन जीडीपी करीव ३७ सय अर्ब बराबरको रहेको छ । नपाल बन्द तथा आमहड्तालको कारण दूध तथा डेरी उद्योगको उत्पादन, अण्डा, माछा मासु, तरकारी, फलफूलका बिक्री बितरण प्रभावित हुन्छ ।

उद्योग, ब्यवसाय, ब्यापार र लगानी क्षेत्र प्रभावित हुदाँ श्रर्मिक मजदुरको रोजगारी पनि प्रभावित हुन्छ । बन्द तथा आमहड्तालले उपभोग्य बस्तु तथा सेवाको मूल्य बृद्धि हुने अथशास्त्रीहरुको भनाइ छ ।

Comments

Leave a comment