मुना गौतम - बुटवल ,                                                         राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थि संगठनको आज बसेको केन्द्रिय सचिबालयको बैठकले पाल्पा जिल्लाका  विद्यार्थी नेता राजु गैरेलाई ५ नम्बर प्रदेश समयोजकमा  नियुक्ति गरेको छ । त्यस्तै आजै ७ वटै प्रदेशमा विद्यार्थी संगठनको समयोजक तोकिएको गैरेले बताए  गैरे बिगत लामो समय देखि राप्रपाको विद्यार्थी संगठनमा अवद्ध हुदै आएका विद्यार्थी नेता हुन । गैरेले २०६५ देखि पाल्पा जिल्ला बाट राजनीति सुरु गरेका थिए । गैरेले विद्यार्थी राजनितीमा धेरै चर्चा नपाए पनि संगठनको लागि निकै उत्कृष्ट काम गरेको पाहिन्छ उनि २०७२ मा कपिलवस्तु जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य र  केन्द्रिय उपाध्यक्ष सम्मको पद समालि सकेका विद्यार्थी नेता हुन ।

यस्तै गैरे यहि मंसिर ४ गते हुन गैरहेको चुनावमा पाल्पा जिल्ला क्षेत्र नम्बर २ को प्रदेश सभा क बाट प्रत्यक्षमा चुनाब पनि लढ्दै छन । 

Comments

Leave a comment