राष्ट्रिय प्रजातन्त्र पाटि पाल्पाले पनि सर्वसम्मत रुपमै दुबै क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ जसमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १ नम्बर क्षेत्र बाट श्री ज्ञान बहादुर सिंजाली र २ नम्बर क्षेत्रमा भोजबहादुर कुवर रहनु भएको छ त्यस्तै प्रत्यक्ष तर्फ प्रदेश सभामा क्षेत्र नम्बर १ क बाट बृस्पति अर्याल र ख बाट तुल्सि प्रसाद श्रेष्ठ रहनु भएको छ ।

त्यस्तै प्रत्यक्ष तर्फ नै प्रदेश सभा क क्षेत्र नम्बर २ बाट राजु गैरे र ख बाट चक्रपाणि पौडेल रहनु भएको छ ।                            त्यस्तै समानुपातिक तर्फ प्रतिनिधि १  सभामा डुलबहादुर कुवर २ डिलमाया रायमाझी ३ बिर्जु खातिको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा समानुपातिक तर्फ क्षेत्रनम्बर १ क मा गायत्री न्यौपाने र राजेन्द्र ढकालको र ख मा डुल बहादुर गाहा र यम बहादुर बिश्वकर्मा को नाम सिपारिस भएको छ ।

त्यस्तै प्रदेश समानुपातिक तर्फ क्षेत्रनम्बर २  बाट कपिल ढुङ्गाना र सान्ति परियार ,महमद इमरान खान , मान बहादुर नेपालि भानु कुमार बज्राचार्यको नाम सिपारिस भएको छ ।

Comments

Leave a comment