स्याङ्गजा    गल्याङ , भाद्र ८ 

चौतर्राफी रुपमा गाईहरुको अपहेलना भइरहेको समयमा रामानदिधाम स्याङ्जा राम्दिमामा भने यहाँ पालिएका गाईहरुको गोबर बाट मालाहरु निर्माण गरिएको छ , यस्ता मालाहरु पबित्र कार्यगर्दा धारण गरिने बताईएको छ, गाई लाई लक्ष्मीको अवतारको रुपमा हिन्दु धर्मालम्बीले पुज्दै आएको र गाईको गोबर बाट निर्माण भएको माला लगाउनाले लक्ष्मी प्रसन्न हुने र घरमा लक्ष्मीको बाँस हुने गर्दछ, यसअघि यस्तो माला निर्माण नगरे पनि गौमाताको गोबर र गहुत लाई हिन्दुधर्मालम्बि हरुले हरेक कर्मकाण्डका निम्ति प्रयोग गर्दै आएको पाइन्छ .|  यो अति महत्त्वपूर्ण रहेको लुम्बिनी ज्योतिष तथा पुजा सामाग्री केन्द्र बुटवलका संचालक ज्योतिष जर्नादन न्यौपानेले बताउनु भयो ,हरेक ब्यत्तिले आफनो पुजा कोठामा घरमा यस्तो माला राख्नाले लक्ष्मीको बाँस हुने र सुख,शान्ति र ऐश्वर्य समेत प्राप्त हुनेछ . यसको निर्माण रामनदी धाम गौसालामा रहनुभएका  माताजी हरुलेले गर्दै आउनुभएको छ  र विशेष गरि धाममा आउने अतिथिहरुलाई हिन्दु धर्म र गाईको महत्त्वको बारे ज्ञान दिने उदेश्यका साथ निर्माण गरिएको बताइएको छ | छोटो समयमा नै यस्को माग बेश विदेश बाट हुन थालेपछि माग अनुसारको उत्पादन गर्न गसकिएको र यसलाई आजै जनसक्ति थपेर उत्पबन गर्नु पर्ने बेखिएको भन्दै , यो कार्यला ई निरन्तरता दिने    रामनदी आश्रमका माताजीहरुले बताउनु भयो .|

Comments

Leave a comment