असार २४, काठमाडौं ।   लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन। 

लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । 

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको उनले बताए । 

Comments

Leave a comment