असार २४,काठमाडौं ।     ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी गरेको सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो  निर्णय गरेको हो ।  

पहिलो मात्रा सो  लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई  खोप लगाइने सूचनामा जनाइएको छ ।

सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ । 

Comments

Leave a comment