२९ भाद्र: बुटवल, लोकेन्द्र सापकोटा पन्चामृत खबर ,

आज अन्तरास्ट्रिय बाल दिवशको अवसरमा लुम्बिनी शिक्षालय बुटवलका बिद्यार्थीहरु द्वारा र्‍यालि सम्पन्न गरेका छन ।

 

उक्त कार्यक्रमामा विद्यार्थीले शिक्षा तथा सन्देशमुलक प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।अनौपचारिक रुपमा सम्पन्न गरियको उत्त कार्यक्रमको उदेश्य सबैमा जनचेतना फैलाउनु रहेको विद्यालयका प्रधानाध्यापक पुस्कर थापाले बताउनुभयो विद्यार्थी तथा शिक्षकको सहभागितामा विद्यालय प्राङ्गणमा बाट सुरु भइ कालिकानगर ,तिनकुने ,मिलनचोक चौडाहा पुगि पुन :कालिकानगर हुँदै बिद्यालयमा आई कोण सभाको आयोजना गरियको थियो। उक्त कार्यक्रममा आकृति खरेल,बिनिता जर्धा र रक्षा श्रेष्ठ लगायतले बालबालिकाले आफनो हक अधिकार पाउनुपर्ने र कसैले हनन गर्न नहुने कुरामा जोड दियका थिए ।त्यसपछि शिक्षकहरु द्वारा विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई चकलेट बितरण गरी कार्यक्रम समापन गरियको थियो । उक्त कार्यक्रमको संचालन कक्षा आठका छात्र दिपशन श्रेष्ठले गरेका थिए ।  

Comments

Leave a comment