असार २४, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई हराउन अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । उनले कोरोना खोपलाई आशाको किरण भएको बताउँदै विश्वभर खोप अभियान तीव्र गतिमा सञ्चालन हुनुपर्ने बताएका छन् ।

विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेमध्ये एक तिहाइभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल र भारतमा भएको छ । अमेरिकामा ६ लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । ब्राजिलमा यो संख्या पाँच लाखभन्दा धेरै छ भने भारतमा चार लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

Comments

Leave a comment