पुस ६ , काठमाडौं । शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामै नौ सय रुपैयाँले बढेको छ । आइतबारसम्म ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको प्रतितेला भाउ सोमबार ९५ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तेजाबी सुनको भाउ ९७ हजार सात सय तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोलामा ४० रुपैयाँले बढेको छ ।

Comments

Leave a comment