वैशाख २४, काठमाडौं । सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।

शुक्रबार तेजाबी सुनको मूल्‍य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।

यस्तै आज चाँदीको मूल्‍य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य आज १३३० रुपैयाँ तोकिएको छ ।

Comments

Leave a comment