मंसिर २५ ,  यसवर्ष स्याङ्जामा सुन्तला उत्पादन बढेको छ। यहाँका पाखा, पखेरा र बारीका गराहरु यतिबेला पहेंलपुर छन्। तर, किसानले बजार पाएका छैनन्।
मंसिर अन्तिम सातासम्म पनि ब्यापारी नआउँदा किसानमा चिन्ता बढेको छ।  अघिल्ला वर्ष यतिबेला झण्डै एक तिहाई सुन्तलाका बोट रित्तिसकेका हुन्थे। यहाँ कात्तिकको अन्तिम सातादेखि फल टिप्न सुरु गरिन्छ। 

सुन्तलाको बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा सुन्तला खेतीप्रति यहाँका किसानको विशेष रुची छ। गतवर्षको तुलनामा यसबर्ष स्याङ्जामा २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको सुन्तला सुपरजोनका अध्यक्ष बोधराज अर्यालको भनाई छ। ब्यापारी नआउँदा आफू जस्तै जिल्लाका धेरै किसानको चिन्ता बढेको उनको भनाइ छ। जिल्लामा २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती गरिदैआएको छ। 

Comments

Leave a comment