यतिबेला विश्वबजारमा धेरै वस्तु (कमोडिटी) को मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेका छन् । सुन, चाँदी, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र कोइलाको मूल्य नयाँ कीर्तिमान बनाउनेमध्यकै वस्तु हुन् । यसबाहेक धेरै औद्योगिक कच्चा पदार्थको मूल्यसमेत अहिले निरन्तर उकालो गतिमा छ । 

यो सामग्रीमा सुनको मूल्यबारे चर्चा गरौं । पहेँलो धातुको मूल्यले यतिबेला विश्व र नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । इतिहासमै पहिलोपटक बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुग्यो ।  

Comments

Leave a comment